राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, कोभिड संक्रमितलाई छुट्टै बुथ

अन‌ि यो पनि

हेटौँडा । बिहीबार हुने राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा भएको छ । बागमती प्रदेशतर्फ राष्ट्रियसभा सदस्य रिक्त पदका लागि हेटौँडा–४ स्थित भुटनदेवी माविमा हुने मतदानको लागि तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत रहेका मकवानपुर जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार बिहीबार बिहान ९ बजेदेखि ३ बजेसम्म हुने निर्वाचनको लागि तीन वटा बुथ हुने भएको छ । ‘क’ बुथमा प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् भने ‘ख’ बुथमा स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गर्नेछन् । यस्तै कोरोना भाइरस संक्रमण भएका प्रदेशसभा सदस्य तथा, स्थानीय तहका प्रमुख, उपप्रमुखको लागि ‘ग’ बुथ हुने छ । यस्तै निर्वाचनमा खटिने सबै कर्मचारी, सुरक्षाकर्मीहरुको पनि अनिवार्य पिसिआर परीक्षण गरिएको उनले बताएका छन् । निर्वाचन शान्त र सभ्य हुने दाबी गर्दै नमुना निर्वाचनको उदारहण दिने उनले बताए ।

मेरो जित सुनिश्चित : बादल

उपनिर्वाचनको लागि गृहमन्त्री रामबहादुर थापा बादल हेटौँडा आइपुगेका छन् । बागमती प्रदेशतर्फ राष्ट्रियसभा सदस्य रिक्त पदका लागि बिहीबार हेटौँडा–४ स्थित भुटनदेवी माविमा हुने मतदानअघि छलफलका लागि नेकपा एमालेबाट उमेदवारी दिएका बादल हेटौँडा आएका हुन् । गृहमन्त्री तथा राष्ट्रियसभा उपनिर्वाचनका उमेदवार रामबहादुर थापा बादलले बिहीबार हुने निर्वाचनमा आफूलाई नेकपा एमालेको माधव नेपाल पक्षका सबै सांसद्ले मतदान गर्ने सुनिश्चित भएको दाबी गरेका छन् ।

बुधबार हेटौँडामा पत्रकारहरुसँग कुराकानी गर्दै उनले माधव नेपाल पक्षका प्रदेशसभाका सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिहरुले मतदान गर्ने सुनिश्चितता रहेको बताए । नेकपा एमालेकै उमेदवार भएकाले आफूलाई मतदान गर्नेमा कुनै शंका नै नरहेको बताउँदै नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले पनि आफूलाई मतदान गर्ने आश्वासन दिएको गृहमन्त्री थापाले बताए ।

हेटौँडामा चहलप

बादल आज दिउँसो हेटौँडा आइपुगेका हुन् । उनी हेटौँडा–२ स्थित एभोकाडो होटेलमा बसेका छन् । यसअघि अर्का उमेदवार डा. खिमलाल देवकोटा पनि हेटौँडा आइसकेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल पक्ष र जसपाको समर्थनमा स्वतन्त्र उमेदवारी दिएका देवकोटा मंगलबारदेखि हेटौँडामै रहेर चुनावी प्रचारप्रसारमा जुटिरहेका छन् । देवकोटालाई निर्वाचन आयोगले कलम चुनाव चिह्न दिएका छ भने बादल सूर्य चिह्नबाट चुनाव लड्ने निश्चित भइसकेको छ । यस्तै नेमकिपाका उमेदवार कृष्ण तामाङलाई मादल चुनाव चिन्ह दिइएको छ ।

चुनावको लागि निषेधाज्ञाको बाबजुद पनि हेटौँडाका ठूला होटल तथा लजहरु खोलिएको छ । प्रदेशभरिका स्थानीय तहका प्रमुख, उपप्रमुख हेटौँडा आउने क्रम जारी छ भने प्रदेश राजधानीमा प्रदेशसभा सदस्यहरु पनि आइपुगेका छन् ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...