सशस्त्र प्रहरीको गोली लागेका युवकको मृत्यु

अन‌ि यो पनि

नवलपरासी, ५ जेठ । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागी घाइते भएका युवकको मृत्यु भएको छ । पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा बुधबार स्थानीय र सशस्त्र प्रहरीबीच झडप हुँदा प्रतापपुर गाउँपालिका–६ का २३ वर्र्षीय अविनाश राजभर घाइते भएका थिए । घाइते राजभरको शहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा लगिएको थियो ।

उपचारका क्रममा उनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक राजु लामाले बताए । उनको तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ । भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी) बाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए ।

सुरुमा ५७ जनाको समूहमा जान आएका व्यक्तिहरुसँग सशस्त्र प्रहरीको भनाभन भएको थियो । त्यसपछि उनीहरुले गाउँबाट ५०/६० जनाको समूह बोलाई टोलीमाथि ढुंगा मुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताए ।

‘भीडलाई नियन्त्रण गर्न सुरुमा अश्रु ग्यास प्रहार गरिएको थियो । तर, भीड अझ उग्र हुँदै आक्रमणमा उत्रिएपछि बाध्य भएर एक राउण्ड गोली चलाइएको हो’, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भने । भीडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र नायब निरीक्षक (सई) शंकर बुढाथोकी घाइते भएको र उनको टाउकोमा गम्भीर चोट लागेको शसस्त्र प्रहरीले जनाएको छ ।

जिल्लामा निषेधाज्ञालाई थप कडाई गर्दै सीमावर्ती क्षेत्रमा निगरानी बढाइएको छ । तर पनि स्थानीयहरु नाकाबाट लुकिछिपी आउजाउ गर्ने गरेका छन् ।

 

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया