चितवनमा कोरोना : २३५ थपिए, ५२१ को अस्पतालमा उपचार

अन‌ि यो पनि

चितवन ०५ जेठ । चितवनमा गएको २४ घण्टामा २३५ जना कोरोना संक्रमित थपिएका छन्। २४ घण्टामा २३५ थपिएपछि चितवनमा सक्रिय संक्रमितको संख्या पनि चार हजार ३८९ पुगेको छ भने चितवनमा कुल संक्रमितको संख्या १२ हजार ७२ जना पुगेको छ। तीमध्ये २१३ जना अस्पताल भर्ना भएका छन् भने ९ जना पब्लिक आइसोलेसनमा छन्। बाँकी चार हजार १६७ जना होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। मृतकको संख्या भने बुधबार ६ जना थपिएपछि १८२ पुगेको छ।

अस्पतालमा ५२१ को उपचार

बुधबार चितवनका अस्पतालमा ५२१ जनाको उपचार जारी छ। भरतपुर अस्पतालमा १३ जना आइसियूमा, २२ जना एचडियूमा र जनरल वार्डमा १०७ गरी १४२ जना, चितवन मेडिकल कलेज अस्पतालमा ३७ जना भेन्टिलेटरमा, १३८ आइसियूमा र ३४ जना एचडियूमा गरी १७२ जना र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालको भेन्टिलेटरमा २० जना, ८७ जना आइसियूमा, १५ जना एचडियूमा र जनरल वार्डमा एक जना गरी १०३ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

यस्तै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा दुईजना भेन्टिलेटरमा, ६ जना आइसियूमा, २५ जना एचडियूमा र १२ जना जनरल वार्डमा गरी ४३ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्। जिल्लाका अन्य अस्पतालहरुमा पनि संक्रमितको उपचार भइरहेको छ। जिल्लाभरको निजी अस्पतालहरुको आइसियूमा १६ जना र जनरल वार्डमा २३ जनाको उपचार भइरहेको छ।

यस्तै स्थानीय तहले स्थापना गरेको पब्लिक आइसोलेसनमा पनि संक्रमितले उपचार गराइरहेका छन्। भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकाको आइसोलेसनमा दरई/दुईजनाको उपचार भइरहेको छ भने कालिका, माडी र इच्छाकामना गाउँपालिकामा पाँच/पाँचजना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। राप्ती नगरपालिकामा भने संक्रमित भर्ना भएका छैनन्।

समग्रमा हेर्दा चितवनका अस्पतालमा ५९ जना भेन्टिलेटरमा, २६० जना आइसियूमा र ९६ जना एचडियूमा छन् भने १६५ जना जनरल वार्डमा उपचाररत रहेको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्। संक्रमितको दर बढेसँगै अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि बढ्दै गएको उनले बताइन्।

५१ जना संक्रमणमुक्त

बुधबार ५१ जना कोरोना संक्रमणमुक्त भएका छन्। भरतपुर अस्पतालबाट १९ जना, चितवन मेडिकल कलेजबाट १४ जना र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालबाट १६ जना स‌क्रमणमुक्त भएका छन् भने वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दुईजना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

No photo description available.

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...