कोरोनाका कारण चितवनमा एकैदिन २० जनाको मृत्यु

अन‌ि यो पनि

चितवन ०५ जेठ । चितवनमा बुधबार एकैदिन २० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। मृत्यु हुनेमा ६ जना चितवनका छन् भने बाँकी १४ जना चितवनबाहिरका छन्। एकैदिन २० जनाको मृत्यु भएको हालसम्मकै सबैभन्दा उच्च हो। ज्यान गुमाउनेमा भरतपुर अस्पतालमा चितवनका तीन, धनुषा र कपिलवस्तुका एक/एक जना र नवलपरासीका दुईजना गरी सातजना, चितवन मेडिकल कलेजमा चितवन, रुपन्देही र तनहुँका एक/एकजना र नवलपरासीका दुईजना गरी पाँचजनाको मृत्यु भएको छ।

यस्तै कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा चितवनका दुई, नवलपुर, दाङ र कपिलवस्तुका एक/एकजना गरी पाँचजना, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नवलपरासी, गुल्मी र रुपन्देहीका एक/एकजना गरी तीनजनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया