दाउन्नेमा बस दुर्घटनामा ४ को मृत्यु, ४९ घाइते

अन‌ि यो पनि

नवलपरासी ०५ जेठ । काठमाडौँबाट रुकुम पश्चिमको लागि छुटेको यात्रु बस नवलपरासीको दाउन्ने पहाडबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ भने ४९ यात्रु घाइते भएका छन्।

बुधबार बिहान करिब ७ बजेको समयमा ना ५ ख २७१३ नम्बरको यात्रुबहाक बस बर्दघाट नगरपालिकास्थित दाउन्ने पहाडबाट खुर्सानी खोलामा खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा दुई जना पुरुष र दुई जना महिला छन्।

रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–६ की २७ वर्षीया कल्पना पुन र सोही जिल्ला सिस्ने गाउँपालिका–४ का ३६ वर्षीय धनराज घर्तीको सनाखत भए पनि अन्य २ जनाको भने सनाखत हुन बाँकी रहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए।

बस पहाडबाट करिब १५० मिटर तल खसेको थियो। बसलाई रुखले अड्काएका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ। घाइते यात्रुको भने चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ। प्रहरीका अनुसार केही यात्रु गम्भीर छन्। काठमाण्डौंमा अलपत्र परेका रुकुम पश्चिमका स्थानीय लिएर आएको बसमा ५८ जना यात्रु रहेका बुझिएको छ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया