कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा राहत

अन‌ि यो पनि

चितवन ०५ जेठ । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका मानिसको शव जलाउनको लागि देवघाट क्षेत्र विकास समितिले शुल्क व्यवस्थापन गरेको छ। क्षेत्र विकास समिति, जिल्ला प्रशासन कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालय चितवन, सशस्त्र प्रहरी बल आँपटारी, डिभिजन वन कार्यालय चितवनलगायत सरोकारवालाहरुबीचको छलफलपश्चात शुल्क समायोजन गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिए। उनका अनुसार यसअघि एउटा शव जलाउनको लागि प्रति चाङ तीन हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएकोमा जेठ ५ गतेदेखि लागू हुने गरी तीन हजार रुपैयाँ मात्रै कायम गरिएको छ।

‘आफ्नो परिवार गुमाउँदाको पीडासँगै आर्थिक भार पनि केही राहत होस् भन्ने उद्देश्यले दाउराको शुल्क समायोजन गरेका हाैँ,’ उनले भने। शव व्यवस्थापनको लागि आवश्यक दाउरा वागीश्वरीमा रहेको प्राकृतिक चिकित्सालय परिसरबाट प्राप्त गर्न सकिने पनि क्षेत्र विकास समितिले जनाएको छ। साथै शवसँगै आएका लुगाकपडासहितका सबै सामग्री शवदाहस्थलमा त्यत्तिकै फाल्दा त्यसको असर मानवजातिसहित वातावरणमा समेत असर पुग्ने हुँदा पूर्णरुपमा जलाउन पनि क्षेत्रविकास समितिले आग्रह गरेको छ।

हालसम्म कोरोना संक्रमितको मृत्यु भएमा वागीश्वरी क्षेत्रको केही तल नारायणी नदी किनारमा दियालो बंगलाबाट निर्मित भएको शवदाहस्थलमा दाहसंस्कार हुँदै आइरहेको छ। शव व्यवस्थापनको लागि आवश्यक दाउराको प्रबन्ध देवघाट क्षेत्र विकास समितिले गर्दै आइरहेको छ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया