बुधबार बिहान गएको भूकम्पले लम्जुङमा ६ जना घाइते, ३७ घरमा क्षति

अन‌ि यो पनि

लमजुङ ०५ जेठ । बुधबार बिहान गएको भूकम्पबाट लमजुङमा ६ जना घाइते भएका छन भने २७ घरमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय लम्जुङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदीश रेग्मीका अनुसार ३ जना घरको पर्खाल खसेर र ३ जना भागदौडका क्रममा घाइते भएका हुन्। घाइते हुनेहरुमा मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु घर भई हाल बेंसीसहर नगरपालिका–६ चनौटे बस्दै आएकी ४० वर्षीया उमा गुरुङ, बेंसीसहर ११, रामचोकबेंसीकी ८३ वर्षीया खवकुमारी पाण्डे र दोर्दी गाउँपालिका–७, लप्सीबोटकी ८३ वर्षीया मंगलीमाया तामाङ घर भत्किँदा घाइते भएका उनले बताए।

मर्स्याङ्दी गाउँपालिका–६, ठूलीबेसीका २२ वर्षीय गोविन्द अधिकारी, बेंसीसहर नगरपालिका ८, ओख्लेफाँटकी २९ वर्षीया खुसीमाया गुरुङ र बेंसीसहर–८ सेराकी ६० वर्षीया सुमित्रादेवी श्रेष्ठ भने भागदौडका क्रममा घाइते भएका उनले बताए। घाइतेमध्ये दोर्दी लप्सीबोटकी मंगलीमाया तामाङको स्थानीय स्वास्थ्य संस्थामा र बाँकी ५ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको उनले बताए। ‘सबैजना खतरामुक्त हुनुहुन्छ,’ प्रहरी निरीक्षक रेग्मीले भने। भूकम्पको धक्का ठूलै महसुस भएकोले क्षतिको थप विवरण आउन बाँकी रहेको उनले बताए।

लम्जुङको मर्स्याङ्दी गाउँपालिकाको वडा नम्बर ८ मा पर्ने भुलभुलेलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ म्याग्नेच्युटको भूकम्प गएको थियो। त्यस्तै बिहान ८ बजेर १६ मिनेटमा ४ म्याग्निच्युड र ८ बजेर २६ मिनेटमा ५ दशमलव ३ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार बिहानको भूकम्पपछि सोही ठाउँमा २० भन्दा बढी परकम्प गएका छन्। केन्द्रले बिहानको भूकम्प पनि २०७२ वैशाखको गोरखा भूकम्पकै परकम्प रहेको जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...