नवलपुरमा आज १०५ जना निको, १२१ नयाँ संक्रमित

अन‌ि यो पनि

नवलपुर । पूर्वी नवलपरासीमा सोमबार १०५ जना संक्रमित निको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार विभिन्न अस्पतालमा उपचाररत रहेका ११ जना र होम आइसोलेसनमा रहेका ९४ जना गरी १०५ जना निको भएका हुन् ।

कोभिडको दोस्रो लहर सुरु भएयता नवलुरमा १ हजार ७१२ जना संक्रमित भएकाहरुमध्ये सोमबारसम्म ६ सय जना निको भएका छन् । त्यसैगरी सोमबार १२१ जना नयाँ संक्रमित थपिएका छन् ।

नवलपुरमा सोमबार गैँडाकोटमा १८ जना, देवचुलीमा १२ जना, कावासोतीमा ४४ जना, मध्यविन्दुमा २० जना, विनयी त्रिवेणीमा २१ जना, हुप्सेकोटमा ४ जना, बुलिङ्गटारमा १ जना र बौदीकालीमा १ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसहित नवलपुरमा सक्रिय संक्रमितको संख्या १ हजार ५० रहेको छ । त्यसैगरी सोमबार नवलपुरमा २ जना संक्रमितको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । नवलपुरमा पछिल्लो समय संक्रमण दर बिस्तारै घट्न थालेको छ भने निको हुने दर विस्तारै बढ्न थालेको छ ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया