चितवनमा भूकम्पको दोश्रो धक्का

अन‌ि यो पनि

भरतपुर, ५ जेठ। चितवनमा बुधबार भूकम्पको दोश्रो धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बुधबार बिहान ८ बजेर २६ मिनेट जाँदा दोश्रो पटक पहिले भूकम्प गएको लमजुङ भुलभुले नजिकै केन्द्रविन्दु रेक्टर ५.३ रेक्टर स्केल भूकम्प गएको जनाएको छ। तर विश्वभर भूकम्पको जानकारीदिने अमेरिकी भूगर्भ सर्वेक्षणको वेबसाइट अनुसार पोखरा भन्दा ३४ किलोमिटर उत्तर पूर्व केन्द्रविन्दु रहेर ४.८ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ।

यस अघि चितवनमा बुधबार बिहान ५.४२ मा भूकम्पको धक्का महसुस भएको छ। नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भने लमजुङको भुलभुले केन्द्रविन्दु रहेर ५.८ रेक्टर स्केल भूकम्प गएको जनाएको छ। भूकम्पको धक्का लमजुङ, पोखरा, बुटवल, काठमाडौँ, चितवन, बागलुङ, दांङ, लगायत महसुस गरिएको थियो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पहिलो पटक ५.८ रेक्टरको भूकम्प गएको जनाएपनि विश्वभर भूकम्पको जानकारीदिने अमेरिकी भूगर्भ सर्वेक्षणको वेबसाइट अनुसार पोखरा भन्दा ३५ किलोमिटर पूर्व केन्द्रविन्दु रहेर ५.३ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया