चितवन समाज अस्ट्रेलियाद्वारा ६० वटा सिलिन्डर सहयोग

अन‌ि यो पनि

भरतपुर । कोभिड उपचारमा अक्सिजनन अभाव भएपछि चितवनमा मूल घर भएर अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको संस्था चितवन समाज अस्ट्रेलियाले भरतपुर अस्पताललाई रु.१० लाख ७५ हजार बराबरको अक्सिजन सिलिण्डर सहयोग गरेको छ । संस्थाले तीन चरणमा गरेर ६० वटा अक्सिजनसहितको सिलिण्डर सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष पूर्णनाथ घिमिरेका अनुसार ५० वटा अक्सिजनसहितको सिलिन्डर खरिद गरेर र १० वटा धरौटीमा अस्पताललाई उपलब्ध गराइएको हो । धरौटीमा रहेका १० वटा पनि खरिद गरी अस्पतालकै स्वामित्वमा हस्तान्तरण गरिने उनले बताए ।

संस्थाले मंगलबार थप २० वटा सिलिन्डर हस्तान्तरण गरेसँगै अस्पताललाई प्रदान गरिएको संख्या ६० पुगेको छ । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीलाई ती सिलिन्डर हस्तान्तरण गरिएको हो । सो अवसरमा तिवारीले अस्पताललाई अत्यावश्यक पर्ने सिलिण्डर हस्तान्तरण गरेकोमा अस्ट्रेलियामा बसोबास गर्ने चितवनवासीलाई विशेष धन्यवाद दिए ।

घिमिरेका अनुसार त्यहाँ रहेका चितवनवासीले आर्थिक संकलन गरेर अक्सिजन खरिदका लागि सहयोग गरेका हुन् । उनीहरुले यसअघिका विपत्तिहरुमा पनि नेपालमा तत्काल आवश्यक वस्तुहरु खरिद गरी सहयोग गर्दै आएका थिए ।

समाजले संस्थाका संरक्षक केशवप्रसाद सापकोटाको संयोजकत्वमा पूर्णनाथ घिमिरे, विकास बर्तौला, सीता सुवेदी र श्यामसुन्दर गिरी सदस्य रहेको आर्थिक संकलन समिति बनाएर सहयोग जुटाएको हो ।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया