दाउन्नेमा बस दुर्घटना : चार जनाको निधन, उद्धार कार्य जारी

अन‌ि यो पनि

नवलपरासी, ५ जेठ । पूर्व पश्चिम राजमार्गअन्तर्गत बर्दघाट दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा कम्तीमा चार जनाको ज्यान गएको छ ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार दुर्घटनामा अहिलेसम्म चार जनाको निधन भएको छ भने एक जना बसमै च्यापिएको अवस्थामा पाइएको छ ।

काठमाडौंबाट रुकुमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट नगरपालिकामा पर्ने दाउन्नेको खुर्सानी खोलामा दुर्घटनामा परेको हो । प्रमुख जिल्ला अधिकारी मिश्रका अनुसार दुर्घटनामा घाइते भएकाहरुलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक अजय केसी र इलाका प्रहरी कार्यालय बर्दघाटको टोलीले उद्धार गरिरहेको छ ।

टनास्थलबाट उद्धार गरिएका घाइतेलाई चिसापानी अस्पतालमा पठाइएको र अहिलेसम्म चार जना मृत अवस्थामा फेला परेको घटनास्थलमा उद्धारका लागि खटिएका इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेले जानकारी दिए ।

काठमाडौँबाट रुकुमका लागि छुटेको ना ना ५ ख २७१३ नम्बरको बस बर्दघाट खुर्सानी खोला नजिकै दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण भने आउन सकेको छैन ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया