रानीझरनामा क्यानोनिङ रिसर्च सेन्टर बन्दै 

अन‌ि यो पनि

धादिङ, ४ जेठ।  धादिङको थांक्रे गाउँपालिका वडा नम्बर ६ रानीझरना क्षेत्रमा क्यानोनिङ रिसर्च सेन्टर भवन निर्माण शुरु गरिएको छ ।   नेपाल सरकारको सय नयाँ गन्तव्यको सूचिमा समावेश भई पर्यटन पूर्वाधार निर्माण कार्य भइरहेको रानीझरना क्षेत्रमा पाँच सय सिट क्षमताको सेमिनार हल सहितको क्यानोनिङ रिसर्च सेन्टर बन्न लागेको हो ।  ५ करोड रुपियाँ लागत अनुमान गरिएको भवन निर्माण गर्न गौरेश्वर निर्माण सेवा प्रा.लि. र आएनसी जेभिले ४ करोड ७ लाख रुपैयाँमा निर्माणको ठेक्का लिएका छन् ।
काठमाडौंबाट ४० किलोमिटर दूरीमा रहेको पुथ्वीराजमार्गको महादेब बेसीबाट ४ किलोमिटर दक्षिणतर्फ कच्ची बाटो गएपछि रानीझरना पुग्न सकिन्छ ।  राजधानीबाट निकै छोटो दूरीमा रहेको कारण छाँगाबरोहण (क्यानोनिङ) गर्न आउनेको भिड लाग्ने गरेको छ ।
प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया