निषेधाज्ञामा गाँजा तस्करी, ट्रकबाट एक क्विन्टल बरामद

अन‌ि यो पनि

हेटौंडा, ४ जेठ। निषेधाज्ञाको समयमा मकवानपुरमा गाँजा तस्करी संलग्न तीन जना पक्राउ परेका छन्। मकवानपुरको गाँजा उत्पादन क्षेत्र मानिने नामटारबाट हेटौंडा तर्फ ल्याउँदै गरेको एक सय केजी गाँजा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भारत निकासी गर्न लागिएको गाँजा हेटौंडा १ बाट बरामद गरिएको हो । गाँजा र ट्रक सहित प्रहरीले ट्रक चालक काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका ५ बस्ने ४९ बर्षका आईते बहादुर ठाडामगर सहित उक्त गाँजा ओसारपसारमा संलग्न भिमफेदी गाउँपालिका ९ बस्ने ४१ बर्षका ऐक्ला भन्ने राज कुमार तामाङ र कैलाश गाउँपालिका १० बस्ने ३६ बर्षका सविन भन्ने सुबिन रुम्बालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलिले बिशेष सूचनाको आधारमा नामटारबाट हेटौडा आउँदै गरेको ना २ ख ९८६२ नम्बरको ट्रकलाई जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो । ट्रकको हुटमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १७ वटा पोकामा रहेको १ क्विन्टल गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया