रत्ननगरमा निःशुल्क एन्टिजेन परीक्षण

अन‌ि यो पनि

रत्ननगर, ४ जेठ । पूर्वी चितवनको रत्ननगरमा निःशुल्क एन्टिजेन परीक्षण सुरु भएको छ । नगर भित्रका चारवटा स्वास्थ्य संस्थामा आइतवार देखि परीक्षण सुरु गरिएको हो । रत्ननगर अस्पतालमा प्रत्येक बुधवार,बछौली स्वास्थ्यचौकीमा प्रत्येक आइतबार ,पञ्चकन्या स्वास्थ्यचौकीमा प्रत्येक मंगलबार र पिठुवा स्वास्थ्य चौकीमा प्रत्येक बिहीबार एन्टिजेन परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले जानकारी दिए । बछौलीमा ९ जनाको परीक्षण गर्दा ४ जना र पञ्चकन्यामा १७ जनाको परीक्षण गर्दा ५ जनामा पोजेटिभ देखिएको स्वास्थ्य शाखा सहसंयोजक नरहरि श्याम शर्माले जानकारी दिए । लक्ष्यण देखिएका विरामीहरुको डाक्टर र स्वास्थ्यकर्मीको सिफारिसका आधारमा मात्र परीक्षण गरिने छ । एन्टिजेन परीक्षणका लागि रत्ननगरमा पहिलो चरणमा ६०० कीट आएको छ ।

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया