चितवनमा कोरोना : ५३७ को उपचार अस्पतालमा, ३१ जना ‘डिस्चार्ज’

अन‌ि यो पनि

चितवन ०४ जेठ । चितवनमा गम्भीर खालका संक्रमितको संख्या बढ्ने क्रम अझै कम भएको छैन। गएको २४ घण्टाको तथ्यांक हेर्दा चितवनका विभिन्न अस्पतालमा गरी ५२ जना भेन्टिलेटरमा छन् भने २५३ जना सघन उपचार कक्ष (आइसियू)मा छन्। वैशाख महिना लागेदेखि अस्पतालहरुमा गम्भीर खालका संक्रमित बढ्दै गएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा एकजना, चितवन मेडिकल कलेज अस्पतालमा ३६ जना, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा १३ जना र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा दुईजना गरी ५२ जना भेन्टिलेटरमा छन्।

आइसियूमा भने भरतपुर अस्पतालमा १५ जना, चितवन मेडिकल कलेज अस्पतालमा १४२ जना, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा ७६ जना, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार जना र अन्य निजी अस्पतालमा १६ जना गरी २५३ जना रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

यस्तै एचडियूमा भने भरतपुर अस्पतालमा २४ जना, चितवन मेडिकल कलेज अस्पतालमा ३४, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा १५ जना र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा २३ जना गरी ९६ जनाको उपचार भइरहेको जनस्वास्थ्य अधिकृत ढकालले बताइन्।

जनरल वार्डमा भने भरतपुर अस्पतालमा १२३ जना, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा ११ जना, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १२ जना गुञ्जमानसिंह अस्पतालमा एक जना र जिल्लाका अन्य निजी अस्पतालमा ३९ जनाको उपचार भइरहेको छ। यस्तै स्थानीय तहले सञ्चालन गरेको आइसोलेसनमा पनि केही संक्रमित छन्। माडी र रत्ननगर नगरपालिकामा दुई/दुईजना, खैरहनी र राप्तीमा एक/एकजना, कालिका नगरपालिकामा चार जना र इच्छाकामना गाउँपालिकामा पाँच जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तथ्यांक हेर्दा जनरल वार्डमा १८५ जना संक्रमित छन्।

जम्मा अस्पताल भर्ना भएका संक्रमितको संख्या हेर्ने हो भने भरतपुर अस्पतालमा १६३ जना, चितवन मेडिकल कलेजमा १७६ जना, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा १०२, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ४१, गुञ्जमानसिंह अस्पतालमा एकजना र अन्य अस्पतालमा ३९ जनासहित स्थानीय तहमा माडी र रत्ननगरमा दुई/दुईजना, खैरहनी र राप्तीमा एक/एक जना, कालिकामा चार जना र इच्छाकामना गाउँपालिकामा पाँचजना गरी ५३७ जना छन्।

नौ जनाको मृत्यु

गएको २४ घण्टामा चितवनका अस्पतालमा उपचाररत चितवनका तीन जनासहित नौ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार भरतपुर अस्पतालमा धनुषा र कपिलवस्तुका एक/एकजना, चितवन मेडिकल कलेज अस्पतालमा चितवन र रुपन्देहीका एक/एकजना, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा चितवन, नवलपुर र गोरखाका एक/एकजनाको मृत्यु भएको हो। यस्तै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चितवन र कास्कीका एक/एकजनाको मृत्यु भएको हो।

३१ जना डिस्चार्ज

चितवनमा २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन्। भरतपुर अस्पतालमा रहेका ११ जना,  चितवन मेडिकल कलेजमा रहेका १३ जना र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा रहेका सात जना संक्रमणमुक्त भएका हुन्।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया