कावासोतीका दुई जना संक्रमितको निधन

अन‌ि यो पनि

कावासोती । पूर्वी नवलपरासीको कावासोतीका २ जना संक्रमितको ज्यान गएको छ ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार अनुसार कावासोती १६ निवासी ८२ वर्षीया महिला र कावासोती २ निवासी ६८ वर्षीय पुरुषको सोमबार राति संक्रमणबाट निधन भएको हो ।कावासोती २ निवासी ६८ वर्षीय पुरुषको गएराति १२ बजे मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

जेठ २ गते श्वास फेर्न गाह्रो भई मध्यविन्दु जिल्ला अस्पताल ल्याइएका ती पुरुषको सोही दिन कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।त्यसैगरी कावासोती १६ निवासी ८२ वर्षीया महिलाको वैशाख २८ गते कोरोना पोजेटिभ देखिए पनि होम आइसोलेसनमै रहेका थिए । उनको स्वास्थ्यमा समस्या आए पछि उपचारका लागि जिल्ला अस्पताल ल्याइएकोमा मंगलबार बिहान पौने ४ बजेतिर निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

दुवै जनाको शव व्यवस्थापनको तयारी भइरहेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।सो सहित कोरोनाको दोस्रो लहर सुरु भएयता कावासोतीमा मात्रै १० जनाको निधन भएको छ भने नवलपुर जिल्लामा २५ जनाको निधन भएको छ ।

नवलपुरमा दोस्रो लहर सुरु भएयता कावासोतीमा मात्रै ४ सय ६१ जनामा कोरोना पोजेटिभ देखिएको छ भने अहिले कावासोतीमा २ सय ६५ जना संक्रमित रहेका छन् ।त्यसैगरी जिल्लामा १७१२ जना संक्रमित देखिएका छन् भने जिल्लामा अहिले १ हजार ८९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया