२४ घन्टामा १५ को मृत्यु, ५७ डिस्चार्ज, ४४ भेन्टिलेटरमा, २४१ जना आइसियूमा

अन‌ि यो पनि

चितवन । पछिल्लो २४ घन्टामा चितवनका विभिन्न अस्पतालमा १५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा दुई दुईजना, चितवन मेडिकल कलेज अस्पतालमा सात जनाजना र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा चारजना गरी १५ जनाको मृत्यु भएको हो।

तीमध्ये भरतपुर अस्पतालमा मृत्यु भएका दुईजना, चितवन मेडिकल कलेज अस्पतालमा मुत्यु भएका तीनजना र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा मृत्यु भएका एक जना गरी छ जना चितवनका छन् भने बाँकी ९ जना चितवन बाहिरका छन्।

गुल्मीका एकजना, मकवानपुरका एक जना, रुपन्देहीका दुईजनाको चितवन मेडिकल कलेज अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। यस्तै रुपन्देही, बारा र गोरखाका एकएक जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा र बागलुङ र रुपन्देहीका एकएक जनाको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मृत्यु भएको हो।

भेन्टिलेटरमा ४४ जना
चितवनका अस्पतालहरुमा ४४ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्। चितवन मेडिकल कलेजमा ३४ जना र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा १० जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्।

आइसियूमा २४१ जना
सघन उपचार कक्ष ९आइसियू०मा पनि २४१ जनाको उपचार भइरहेको कार्यालयले जनाएको छ। भरतपुर अस्पतालमा १४, चितवन मेडिकल कलेज अस्पतालमा १४०, कलेज अफ मेडिकल साइन्सेसमा ७३, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तीनजना र अन्य निजी अस्पतालहरुमा ११ जनाको आइसियूमा उपचार भइरहेको उनले बताइन्।

यस्तै एचडियूमा भने भरतपुर अस्पतालमा २४, चितवन मेडिकल कलेज अस्पतालमा ३४ र कलेज अफ मेडिकल साइन्सेसमा २४ गरी ४ जनाको उपचार भइरहेको उनले बताइन्। जनरल वार्डमा भने भरतपुर अस्पतालमा ११३ जना, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा २८ जना, गुञ्जमानसिंह अस्पतालमा एक जना र अन्य अस्पतालमा २० जना र १३ जना होम आइसोलेसनमा गरी १७५ को उपचार भइरहेको छ।

र, भरतपुर अस्पतालमा १५१, चितवन मेडिकल कलेजमा १७४, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा ९७, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३१, गुञ्जमानसिंह अस्पतालमा एकजना, जिल्लाका अन्य निजी अस्पतालमा ३१ जना र विभिन्न स्थानीय तहले स्थापना गरेको आइसोलेसजमा १३ गरी ४९८ जनाको जनरल वार्डमा उपचार भइरहेको छ।

५६ जना संक्रमणमुक्त
चितवनमा पछिल्लो २४ घन्टामा ५६ जना कोरोना संक्रमणमुक्त भएका छन्। भरतपुर अस्पतालबाट १५ जना, चितवन मेडिकल कलेज अस्पतालबाट १७ जना कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालबाट २१ जना र अन्य निजी अस्पतालहरुबाट एक जना गरी ५६ जना संक्रमणमुक्त भएका हुन्।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया