गैँडाकोट नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

अन‌ि यो पनि

नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा सोमबारबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । गैँडाकोट नगर प्रमुख छत्रराज पौडेलद्वारा जारी विज्ञप्तिमा आइतबार राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्म घरबाहिर निस्कनसमेत प्रतिबन्ध लगाएको छ ।

गैँडाकोटमा संक्रमितको संख्या बढ्दै गए पछि नगरपालिकाले प्रशासनले जारी गरेको निषेधाज्ञालाई थप कडाई गर्न लागेको हो । नगरपालिकामा औषधि उपचार गर्न र दूध तथा पानी खरिद बिक्री गर्न बाहेक कोही पनि घरबाहिर निस्कन र हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ ।

औषधि तथा दूध र पानी बिक्री वितरण गर्ने पसलहरु बाहेक अन्य व्यापार व्यवसायलगायत सम्पूर्ण क्रियाकलापहरु बन्द गर्ने जनाइएको छ । नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको नगर प्रमुख छत्रराज पौडेलले बताए ।

नगरपालिका क्षेत्रभित्र सञ्चालित बैंक तथा सहकारीसमेतका वित्तीय संस्था न्यूनतम कर्मचारीको उपस्थितिमा हप्ताको दुई दिन सोमबार र बिहीबार १० बजेदेखि १२ बजेसम्म २ घन्टा मात्र खुल्ला रहने गरी व्यवस्था मिलाउन भनिएको छ ।

एम्बुलेन्स, शववाहन, दूध र पानी ढुवानी गर्ने सवारी साधन, औषधि उपचारजन्य सामग्री ढुवानीमा प्रयोग भएका सवारी साधन बाहेक अन्य कुनैपनि सवारी साधन चलाउन नपाइने उल्लेख गरिएको छ ।

त्यस्तै विवाह, व्रतबन्ध, पूजाआजा तथा अन्य चाडपर्व मनाउने जस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रममा समेत रोक लगाइएको छ । मृत्यु संस्कारमा १५ जना भन्दा बढी मलामी नजान र जानुपरेमा स्वास्थ्य सुरक्षा मापदण्डहरु अनिर्वाय गरिएको छ । गैँडाकोटमा अहिले ४ सय बढी सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया