रत्ननगर अस्पताललाई अक्सिजनसहित सात सिलिण्डर प्रदान

अन‌ि यो पनि

रत्ननगर । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा कोरोना संक्रमितको उपचारको लागि सोमबार अक्सिजन सहितका सातवटा सिलिण्डर प्रदान गरिएको छ । सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्टले अक्सिजन अभाव हुन नदिन सातवटा सिलिण्डर सहयोग गरेको हो । इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले रत्ननगर नगरपालिकाका मेयर तथा अस्पताल विकास समितिका अध्यक्ष नारायण वनलाई सिलिण्डर हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै मेयर नारायण वनले बकुलहर रत्ननगर अस्पतालमा पनि आइसोलेशन बनाएर कोरोना संक्रमितको उपचार सुरु गरिएको बताए । हामीकहाँ आइसियु र अन्य सेवाको अभाव छ उनले भने अक्सिजन मात्र प्रयाप्त हुने हो भने धेरैको उपचार सम्भव हुने हामीले देखेका छौं । इम्प्याक्टका अध्यक्ष गिरीले अक्सिजनको अभावका कारण संक्रमितले ज्यान गुमाउन नपरोस भनेर अस्पताहरुमा अक्सिजन सहितको सिलिण्डर सहयोग गरिएको बताए ।

कही दिन अघि भरतपुर अस्पताललाई १० थान र इच्छाकामना गाउँपालिकालाई ५ थान सहयोग गरिएको भन्दै आवश्यकता अनुसार थप गर्दै लगिने बताए । महामारीको बेला हामीले सहकार्य गर्न खोजेका हौं गिरीले भने सकभर अक्सिजनको अभावले कसैको पनि ज्यान जानु हँुदैन ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया