नारायणगढ । गैसस महासंघ नेपाल चितवनको आयोजनामा गैसससँग सम्बन्धित कानुनी व्यवस्थाका बारेमा बुधबार नारायणगढमा जिल्लास्तरीय छलफल कार्र्यक्रम सम्पन्न भएको छ ।
जिल्ला शाखा चितवनका अध्यक्ष खगराज ओझाको अध्यक्षता र महासंघका संस्थापक केन्द्रीय सदस्य बद्री अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वर्तमान केन्द्रीय सदस्य शान्ति अधिकारी विशेष अतिथि रहनुभएको थियो ।
कार्यक्रममा मानवअधिकार सञ्जाल अध्यक्ष महेश न्यौपाने कास्की जिल्ला गैसस महासंघका अध्यक्ष गोपाल खड्का, गैसस महासंघ सहसचिव राधाकुमारी चौधरीलगायतले आ–आफ्नो सुझावसहित छुट्टै ऐन ल्याउनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
Discussion about this post