मदन–आश्रित अस्ताएको २८ वर्ष पूरा, एमाले चितवनले गर्‍यो सालिकमा माल्यार्पण

अन‌ि यो पनि

भरतपुर, ३ जेठ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा परी निधन भएको २८ वर्ष पूरा भएको सन्दर्भमा नेकपा एमाले चितवन र मदन भण्डारी फाउण्डेशन चितवनले स्वर्गीय नेताद्वय भण्डारी र आश्रितको स्मृतिमा सोमबार दासढुंगामा रहेको सालिकमा माल्यार्पण गरेका छन् ।

बिहान साँढे ७ बजे गरिएको उक्त प्रतिमा माल्यार्पण कार्यक्रममा चितवनका नेकपा एमाले सम्बद्ध केही नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । ‘कोरोना भाइरसको चरम दबदबा रहेको अवस्थामा पनि हाम्रा आदरणीय नेताहरु प्रति उच्च सम्मान भावका साथ स्मरण गरेका छौं ।’ नेकपा एमाले जिल्ला कमिटि चितवनकी अध्यक्ष पार्वती रावलले भनिन्।

यसैगरी मदन भण्डारी फाउण्डेशन चितवनले पनि श्रद्धाञ्जली व्यक्त गरेको छ । फाउण्डेशनका वरिष्ठ उपाध्यक्ष शम्भु सुवेदी, प्रदेश कमिटी सदस्य शान्ति अधिकारी, जिल्ला सहसचिव तिलक रिमाललगायतको उपस्थितिमा नेताद्वयको शालिकमा माल्यार्पण गर्नुका साथै एक मिनेट मौनधारण गरिएको थियो।

वि.सं.२०५० साल जेठ ३ गते आजकै दिन पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउँदै गर्दा भण्डारी र आश्रित चढेको पजेरो जीप दुर्घटनामा परेको थियो । आश्रितको शव दासढुंगास्थित त्रिशुली नदीमा फेला परेको थियो भने भण्डारीको शव जिल्लाकै गाजिपुरस्थित नारायणी नदीमा तीन दिनपछि फेला परेको थियो ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया