वैशाखकै अनुसार जेठको महसुल तिर्न विद्युत प्राधिकरणको आग्रह

अन‌ि यो पनि

भरतपुर । वैशाखमा उठेको बिल अनुसार नै जेठको महसुल तिर्न विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले उपभोक्ताहरुलाई आग्रह गरेको छ । कोरोना महामारीका कारण मिटर रिडरहरु घर–घरमा पुगेर मिटर रिडिङ गर्न सक्ने स्थिति नरहेकाले बैशाखमा तिरेको महसुल अनुसार नै जेठमा महसुल भुक्तानी गर्न प्राधिकरणले सूचना जारी गरेको हो ।

सोही अनुसार उपभोक्ताको महसुल पोष्टिङ हुने प्राधिकरणले जनाएको छ । मिटरमा उठेको बिल अनुसार नै महसुल भुक्तानी गर्न चाहनेले फोन गरेर मिटरमा उठेको अंक टिपाउन पनि सक्ने भरतपुर वितरण केन्द्रका इन्जिनियर विनोद सापकोटाले बताए । नम्बर टिपाउन ०५६–५९४०८० र ५९४८८२ मा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म फोन गर्न सकिने उनको भनाइ छ ।

निषेधाज्ञा जारी रहेकाले सकभर घरमै बसेर अनलाइन प्रणालीबाट महसुल तिर्न सुझाइएको छ । अनलाइन प्रणालीमा पहुँच नभएका उपभोक्ताका लागि आइतबार, मंगलबार र बिहीबार बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म महसुल काउण्टर खुला राखिने सापकोटाले बताए ।

अनलाइन प्रणालीमा पहुँच नभएका र काउण्टरसम्म पनि पुग्न नसक्ने उपभोक्ताका लागि निषेधाज्ञा खुलेको एक हप्तासम्म कुनै किसिमको जरिवाना नलाग्ने प्राधिकरणले स्पष्ट पारेको छ । निषेधाज्ञा खुलेको एकहप्ता भित्र काउण्टरमा पुगेर महसुल तिर्न पनि सकिने छ ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया