कोरोना व्यवस्थापनमा भरतपुर अस्पताललाई केन्द्र सरकारको ९ करोड ८० लाख

अन‌ि यो पनि

चितवन ०३ जेठ । भरतपुर अस्पतालले सरकारबाट ९ करोड ८० लाख रुपैयाँ रकम पाउने भएको छ। कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न अर्थ मन्त्रालयले भरतपुर अस्पतालमा आवश्यक भेन्टिलेटर र अक्सिजनको ट्यांक खरिद गर्न उक्त रकम छुट्याएको हो। भरतपुर अस्पतालसँगै धुलिखेल अस्पताल, कोशी अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल, भेरी अस्पताल, डडेल्धुरा अस्पताल, नारायणी अस्पताल, जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय राष्ट्रिय प्रतिष्ठान र सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सरकारबाट सहयोग पाउँदैछन्।

स्वास्थ्य मन्त्रालयबाट कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि केन्द्र र प्रदेश मातहतका अस्पतालहरुमा दुई अर्ब ९५ करोड २० लाख रुपैयाँ बजेट माग भई आएको आधारमा अर्थ मन्त्रालयले उक्त बजेट छुट्याएको हो। देश नै कोरोना भाइरस संक्रमणको जोखिमबाट आक्रान्त बनिरहेका बेला सरकारले देखाएको सकारात्मक सहयोगले उपचारमा थप सहज हुने देखिएको छ।

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया