मकवानपुरमा बढ्दैछ मृत्युको ग्राफ

अन‌ि यो पनि

हेटौँडा, २ जेठ  । कोरोनाको कारण मकवानपुर जिल्लामा ज्यान गुमाएको संख्या बढिरहेको छ । दैनिकजसो कोरोना संक्रमितहरुको मृत्यु भइरहेको छ । आइतबार बिहान हेटौँडा–मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

आइतबार मृत्यु हुने संक्रमितहरुमा हेटौँडा–१४ निवासी ७४ वर्षीया महिला र ४८ वर्षीया महिला, हेटौँडा–८ निवासी ६१ वर्षीया महिला र हेटौँडा–२ चौकीटोलका ६४ वर्षीय एक पुरुष गरी ४ जना कोरोना संक्रमित बिरामी मृत्यु भएको हो । मृतक सबैको आइतबार बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक चारै जना वैशाख २६ गते यता कोरोना पोजेटिभ पुष्टि भएका बिरामी हुन् । श्वासप्रश्वासमा समस्या भएपछि हेटौँडा अस्पतालको कोभिड उपचार वार्डको आइसियू कक्षमा भर्ना गरिएका थिए । मकवानपुर जिल्लामा दोस्रो चरणको कोरोना संक्रमणको कारण २८ जनाको ज्यान गएको छ भने पहिलो चरणको कोरोना संक्रमणबाट ३२ जनाको ज्यान गएको थियो ।

थप १२७ जनामा कोरोना संक्रमण

मकवानपुरमा आइतबार थप १२७ जना कोरोना संक्रमित थपिएका छन् । वैशाख ३० र ३१ गते संकलित १८६ नमुनामध्ये १८६ को पिसिआर परीक्षणबाट १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थय निरीक्षक भोला चौलागाईंले जानकारी दिए । संक्रमित १२७ जनामध्ये ७ जना बालबालिका र ७५ वर्ष माथिका ४ जना जेष्ठ नागरिकसमेत रहेका छन् । यस्तै निरीक्षक चौलागाईंले संक्रमितमध्ये ५९ जना महिला र ६८ जना पुरूष रहेकोे बताए ।

९२ जना कोरोना मुक्त

मकवानपुरमा पछिल्लो २४ घन्टामा ९२ जना कोरोना मुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेसन र संस्थागत आइसोलेसनमा रहेका ९२ जना आइतबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

कोरोना पुष्टि भई होम आइसोलेसन र संस्थागत आइसोलेसनमा रहेका हेटौँडा नगरभित्रका ८१ जना, थाहा नगरमा २ जना मकवानपुर गढी गाउँपालिकाकामा २ र मनहरीमा ३ गरी जम्मा ९२ जना कोरोना मुक्त भएका हुन् । संक्रमण मुक्त हुने ९२ सँगै मकवानपुरमा हालसम्म कोरोना मुक्त हुनेको संख्या ४ हजार ३७२ पुगेको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...