खैरहनीमा तास खेल्ने र खेलाउने सात जना पक्राउ

अन‌ि यो पनि

 

खैरहनी, २ जेठ  । प्रहरीले खैरहनी नगरपालिका वडा नं ८ नयाँटोलमा जुवातास खेल्ने र खेलाउने सात जनालाई पक्राउ गरेको छ ।

वैशाख ३१ गते दिउँसो २ बजे खैरहनी ८ स्थित रोशन श्रेष्ठको घरमा हारजित हुनेगरी जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले नगद १ लाख ७८ हजार २८५ रुपैयाँ र चार बुक तासहित सात जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा घरधनी श्रेष्ठ, सोही ठाउँ बस्ने राजु थापा भनिने तिलकबहादुर मगर, कमल श्रेष्ठ, टोपबहादुर गुरूङ, भीमबहादुर श्रेष्ठ, निल पुन र खैरहनी ८ नयाँरोड बस्ने प्रेमप्रसाद महतो रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया