हत्याको आरोपमा महिला पक्राउ, जबर्जस्ती गर्न खोज्दा खुर्पाले प्रहार गरेको स्वीकार

अन‌ि यो पनि

 

चितवन, जेठ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ तीन नम्बर पुलको ५० मिटर तल खोल्सामा ६५ वर्षीय गोपी प्रजाको टाउकोमा चोट लागी मृत अवस्थामा शव फेला परेको घटनामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।प्रहरीले घटनाबारे सुक्ष्म अनुसन्धान गर्दै जाँदा ४५ वर्षीया काइँली भन्ने सर्किना चेपाङलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो ।

वैशाख ३१ गते गोपी प्रजाले दिउँसो शारीरिक सम्बन्ध राख्ने प्रस्ताव अस्वीकार गर्दा निजले जबर्जस्ती गरेको हुँदा प्रतिकार स्वरुप आफ्नो साथमा रहेको खुर्पाले टाउकोमा प्रहार गरी गम्भीर घाइते अवस्थामा छोडी गएको स्वीकार गरेपछि सर्किना चेपाङलाई पक्राउ गरिएको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया