भरतपुर अस्पताललाई एक्सपर्टले दियो अक्सिजनसहितको २० थान सिलिन्डर

अन‌ि यो पनि

चितवन ०२ जेठ । कोरोना भाइरस संक्रमणको जोखिम झनै उच्च हुँदै गएपछि चितवनको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले भरतपुर अस्पताललाई अक्सिजन सहयोग गरेको छ। करिब ४ लाख रुपैयाँ बराबरको २० थान अक्सिजनसहितको ठूलो सिलिण्डर अस्पतालमै पुगेर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीलाई हस्तान्तरण गरिएको एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए।

हालको अवस्थामा मात्र नभई दिर्घकालीनरुपमा अस्पताललाई सहयोग पुगोस् भन्ने उद्देश्यले अक्सिजनसहितको सिलिण्डर अस्पताललाई सहयोग गरिएको उनले बताए। ‘अहिले अक्सिजन नपाएर अस्पतालमा बिरामी भर्न हुन कठिनाई भइरहेको समाचारहरु आउँदा निकै दुःख लागेको छ’ उनले भने,  ‘यस्तो बेलामा सबैले सकेको सहयोग गर्नुपर्छ भन्ने हो। सोहीअनुरुप हामीले थोरै सहयोग गरेका हौँ।’ सरकारी अस्पतालमा विपन्न वर्गका बिरामी बढी आउने हुँदा वास्तविक विपन्न परिवारका बिरामीलाई उपचारमा केही सहज होस् भन्ने उद्देश्यले सरकारी अस्पतालमा सहयोग गरिएको उनको भनाइ छ। आइतबार अस्पताललाई उपलब्ध गराएको सिलिण्डरमा पुनः एक पटक रिफिलको खर्च पनि एक्सपर्टले नै व्यहोर्ने उनले बताए।

अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले अक्सिजन अभावका कारण कोरोना संक्रमितको उपचारमा समस्या भइरहेका बेला एक्सपर्टले मानवीय संवेदनालाई हेरेर गरेको सहयोगले बिरामीको उपचारमा थप उर्जा मिलेको बताए।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया