मैयादेवी श्रेष्ठ र कमल चित्रकारलाई लोकतान्त्रिक योद्धा सम्मान

अन‌ि यो पनि

चितवन । प्रजातान्त्रिक विचार समाजले हरेक वर्ष प्रदान गर्दै आएको लोकतान्त्रिक योद्धा सम्मान २०७७ सामाजिक अभियन्ता एवं महिला नेतृ मैयाँदेवी श्रेष्ठ र लोकतान्त्रिक योद्धा सम्मान २०७८ नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्‍याएका कमल चित्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

समाजको तर्फबाट गठित छनोट समितिको सिफारिसको आधारमा वैशाख ३० गते जुम प्रविधिमार्फत केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

सामाजिक एवं राजनीतिक व्यक्तित्व श्रेष्ठ र चित्रकारले नेपालको प्रजातान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरुप जनही २५ हजार नगदसहित कदरपत्रले सम्मान गरिन लागेको समाजका अध्यक्ष डा. केदारनरसिंह के.सी.ले जानकारी दिए ।

साथै सो सम्मानको लागि समाजले दस लाख रुपैयाँको अक्षय कोषसमेत स्थापना गरेको डा. केसीले जानकारी दिए । समाजको स्थापना दिवस अर्थात् जेठ ३ गते प्रदान गरिने उक्त सम्मान कोरोना महामारीका कारण मुलुकमा सहज वातावरण बनेपछि आयोजना गरिने बताइएको छ ।

विसं २०७२ सालदेखि प्रदान गरिँदै आएको सो सम्मान यसअघि कुलबहादुर गुरूङ, इन्द्रकान्त मिश्र, चक्रप्रसाद बास्तोला, पुरूषोत्तम बस्नेत र नूतन थपलियाले प्राप्त गरिसकेका छन् ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया