महामारीमा चितवन : बैशाखमा मात्रै चार हजार बढी संक्रमित

अन‌ि यो पनि

भरतपुर । चितवनमा पहिलो भन्दा दोस्रो लहरको कोरोनामा धेरैलाई संक्रमण पुष्टि भएको छ । पहिलो लहरको कोरोनाका बेला २०७७ कार्तिकमा संक्रमण दर उच्च देखिको थियो । दोस्रो लहरको कोरोना आएपछि २०७८ बैशाखको संक्रमण दरले कार्तिकको रेकर्ड तोडेको छ ।

बैशाखमा चितवनका चार हजार २१७ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै बैशाख २४ गते ४१३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय चितवनको तथ्यांक छ । गएको कार्तिकमा दुई हजार १५८ जनामा संक्रमण देखिएको थियो । त्यसपछि फागुनमा ८६३ जना र पुषमा ४४२ जनामा संक्रमण देखिएको थियो ।

पहिलो लहरको कोरोना सुरु हुँदा पहिलो पटक चैतमा २ जनामा संक्रमण देखिएको हो । त्यतिबेला संक्रमणले ७ महिनापछि उच्च बिन्दु लिएको थियो । बैशाख लागेपछि दोस्रो लहरको कोरोना महामारी सुरु भएको हो । बैशाखमै यतिधेरै संक्रमण पुष्टि भएपछि यसको संक्रमण दर अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

गएको कार्तिकमा संक्रमणबाट ४४ जनाको मृत्यु भएको थियो । बैशाखमा ४९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गिताञ्जली ढकालले बताइन् । संख्यात्मक रुपमा हेर्दा जसरी संक्रमण दर बढेको छ त्यतिकै दरमा मृत्युदर भने बढेको पाइँदैन ।

हालसम्म चितवनका ११ हजार ३२८ जनामा संक्रमण पुष्टि भएको छ भने अझै तीन हजार ८६२ संक्रमित उपचाररत छन् । हालसम्म १६७ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया