चितवनमा १३ संक्रमितको मृत्यु

अन‌ि यो पनि

भरतपुर । चितवनमा पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवनका चार, रुपन्देहीका दुई, नवलपरासीका दुई, गुल्मीका दुई र सर्लाही, लमजुङ र बुटवलका एक÷एक जना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुने १३ संक्रमितहरुमध्ये चितवन मेडिकल कलेजमा ६ जना, पुरानो मेडिकल कलेजमा ५ जना, भरतपुर अस्पतालमा एक जना र भण्डारा अस्पतालमा एक संक्रमितको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा ३९ संक्रमित निको भएका छन् । हाल जिल्लाका विभिन्न अस्पतालहरुमा गरी ५०२ जना संक्रमित उपचाररत छन् ।

भेन्टिलेटरमा ५० जना, आइसियूमा २५१ जना र एचडियूमा ९६ जना लगायत ५०२ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया