भरतपुर अस्पतालको मेसुमा डा रोशन न्यौपाने

अन‌ि यो पनि

चितवन ०२ जेठ । भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा रोशन न्यौपानेलाई नियुक्त गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहमा भर्खरै बढुवा भएका डा न्यौपानेलाई केन्द्रीय अस्पतालको रुपमा सञ्चालित भरतपुर अस्पतालको मेसुमा जिम्मेवारी तोकेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री हुदयेष त्रिपाठीले आइतबार मन्त्रस्तरीय निर्णय गर्दै डा न्यौपानेलाई भरतपुर अस्पतालको मेसु तोकेका हुन्।

यसअघि प्रमुख मेसुको रुपमा रहेका डा वासुदेव पाण्डेले अनिवार्य अवकास लिएपछि त्यसयता डा जगन्नाथ तिवारीलाई निमित्त मेसुको जिम्मेवारी दिइएको थियो। साथै मन्त्रालयले डा पवनजंग रायमाझीलाई स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाको जिम्मेवारी तोकेको छ।

यस्तै बरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झालाई प्रदेश स्वास्थ्य निर्देशनालयको २ नं प्रदेशको निर्देशक पदमा जिम्मेवारी तोकेको मन्त्रालयका सहसचिव दामोदर रेग्मीले जानकारी दिए। मन्त्री त्रिपाठीले गत सातामात्रै एघारौँ तहका तीनजना स्वास्थ्यकर्मीहरुको जिम्मेवारी हेरफेर गरेका थिए।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया