हराएको मोटरसाइकलसहित तीनजना पक्राउ

अन‌ि यो पनि

चितवन ०२ जेठ । जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन जिल्ला भरतपुर १९ शारदानगर बस्ने वर्ष २० का आकाश तामाङ, नवलपुर गैँडाकोट ७ गैरीटोल स्थायी घर भई हाल भरतपुर ५ मा डेरा गरी बस्ने वर्ष २८ का दुर्गा पौडेल र गैँडाकोट ९ थुम्सी बस्ने वर्ष २० का सन्दीप आले छन्। यही वैशाख २० गते भरतपुर १९ स्थित प्रेमसिंह तामाङको घरको बरन्डामा पार्किङ गरी राखेको ना ४३ प १९३३ नं.को मोटरसाइकल हराएको निवेदनको आधारमा उनीहरुलाई हराएको मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार तामाङलाई २८ गते पौडेललाई २९ गते र आलेलाई ३० गते पक्राउ गरिएको प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी सरोज गिरीले जानकारी दिए। हराएको मोटरसाइकल भने लुकाइराखेको अवस्थामा दुर्गा पौडेलको घरबाट बरामद गरिएको उनले बताए। पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया