अभियन्ता लामिछानेको पहलमा २२ परिवारलाई सहयोग

अन‌ि यो पनि

रत्ननगर, १ जेठ । कालिका नगरपालिका वडा नं ५ जंगलछेउको सुकुमबासी बस्तीका अति विपन्न २२ परिवारलाई शनिवार खाद्यान्न सहित आवश्यक सहयोग गरिएको छ । निषेधाज्ञाका कारण भोकभोकै बस्न बाध्य उनीहरुलाई सामाजिक अभियन्ता सागर लामिछानेको पहलमा सहयोग जुटेको हो । सामाजिक अभियन्ता लामिछानेले सामाजिक सञ्जाल मार्फत संकटमा परेका २२ घरघुरीलाई सहयोग गर्न दाताहरु समक्ष याचना गरेका थिए । सक्षम नेपालका प्रकाश थापा,रोजिना त्रिपाठी,गायम मिलन लामा,समाजसेवी सोमबहादुर खड्काका पहलमा जापानमा रहेका एम खड्काले उपलब्ध गराएको २२ बोरा चामल ,सञ्चारकर्मी सन्तोष देउजाले उपलब्ध गराएको ३० झुल,समाजसेवी भिम आचार्यले उपलब्ध गराएको ६ हजार बराबरको खाने तेल,महिला अधिकारकर्मी कल्पना पौडेलले उपलब्ध गराएको कपडा, अभियन्ता लामिछानेले उपलब्ध गराएको,तेल,खाजा, नुनहस्तान्तरण गरिएको थियो।

 

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया