धादिङमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

अन‌ि यो पनि

धादिङ । कोरोना भाइरस .(कोभिड–१९) को संक्रमणबाट धादिङमा शनिबार थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं २ का ८४ वर्षीय पुरूष र नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेँसीकी ५४ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखा परेपछि ८४ वर्षीय पुरूषको पिसिआर परीक्षण गरिएकोमा वैशाख ३० गते पोजेटिभ रिर्पोट आएको थियो । कोरोना पुष्टि भएपछि धादिङ अस्पतालले सञ्चालन गरेको अस्थायी कोभिड–१९ अस्पतालको आइसोलेसनमा उपचार सुरू गरिएकोमा अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि नुवाकोटको त्रिशूली अस्पतालमा रिफर गरिएका ती पुरूषको शुक्रबार राति मृत्यु भएको हो ।

त्यस्तै, नीलकण्ठ नगरपालिका वडा नं ३ की महिलाको पनि शनिबार बिहान त्रिशूली अस्पताल नुवाकोटमा मृत्यु भएको हो । ती महिलाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा वैशाख २४ गते कोरोना पोजेटिभ देखिएको थियो । धादिङबेँसीको आइसोलेसनमा अक्सिजनको अभाव भएपछि बिहीबार त्रिशूली अस्पताल नुवाकोटमा रिफर गरिएकोमा उनको पनि उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबारसम्म धादिङ जिल्लामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । शनिबार धादिङमा १२ जना कोरोना संक्रमित थपिएका छन् भने १९ जना कोरोनामुक्त भएका छन् ।

 

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया