रत्ननगरमा कोरोना : एक महिनामा २८७ संक्रमित,पाँच जनाको मृत्यु

अन‌ि यो पनि

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा एक महिनाको अबधिमा २८७ जनालाई संक्रमण भएको छ । बैशाख १ देखि ३१ गते सम्म कोरोना संक्रमणका कारण पाँच जनाको मृत्यु भएको छ । यो अबधिमा २४ जनाले मात्र कोरोना जितेका छन् भने संक्रिय संक्रमितको संख्या २५७ रहेको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जनाकारी दिए । संक्रिय संक्रमित मध्ये २३८ जना होम आइसोलेशन,१७ जना अस्पताल र २ जना रत्ननगर बकुलहर अस्पतालको आइसोलेशनमा रहेको पौडेलले जानकारी दिए । सो नगरपालिकामा कोरोना संक्रमण कारण मृत्यु हुनेको दर २ प्रतिशत,निको हुनेको दर ८ प्रतिशत र संक्रिय संक्रमितको दर ९० प्रतिशत रहेको छ । एक महिनाको अबधिमा सबै भन्दा धेरै वडा नं १ मा ४२ जना र त्यसपछि वडा नं १० मा ३८ जना रहेका छन् । वडा नं २ मा १९ जना,वडा नं ३ मा २४ जना,वडा नं ४ मा १५ जना,वडा नं ५ मा ११ जना,वडा नं ६ मा ११ जना,वडा नं ७ मा ८ जना,वडा नं ९ मा १८ जना,वडा नं ११ मा १२ जना,वडा नं १२ मा १० जना,वडा नं १३ मा २१ जना,वडा नं १४ मा २२ जना,वडा नं १५ मा ११ जना र वडा नं १६ मा ११ जनामा कोरोना संक्रमण भएको छ ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया