जेठ २ देखि एक हफ्ता किराना व्यवसाय बन्द गर्न आग्रह

अन‌ि यो पनि

भरतपुर, १ जेठ । कोरोना भाइरसको सङ्क्रमण बढिरहेको हुनाले चितवन जिल्लाभरका किराना व्यवसायहरु जेठ २ गतेदेखि ९ गतेसम्म बन्द गर्न किराना व्यवसायी संघले सबै व्यवसायीहरुमा आग्रह गरेको छ।
किराना व्यवसायी संघ–चितवनका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले कोरोना भाइरसको प्रकोप बढिरहेको हुँदा एक साताको लागि सम्पूर्ण किराना व्यवसायीहरुलाई आफ्नो व्यवसाय बन्द गर्न आग्रह गरिएको बताए । उनले भने, ‘ धेरै किराना व्यवसायीहरु नै कोरोना संक्रमित भएपछि एक साताको लागि व्यवसायहरु बन्द गर्न आग्रह गरिएको हो ।’ उनले भने, ‘बाँचियो भने व्यवसाय फेरि गरौँला, यतिबेला आफू बाँच्ने र अरुलाई बचाउने समय हो ।’ आफ्नो ज्यानलाई जोखिममा राखेर हालसम्म किराना व्यवसायीहरुले सेवा प्रदान गरिरहेको उनको भनाइ छ । संघले व्यवसायीहरुलाई कुनै समस्या भए संघका पदाधिकारीहरुलाई तत्काल खबर गर्न पनि आह्वान गरेको छ ।

 

 

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया