सिएमसीमा ११ जनाको मृत्यु, १५ डिस्चार्ज

अन‌ि यो पनि

चितवन ०१ जेठ । गएको २४ घण्टामा चितवन मेडिकल कलेज (सिएमसी)मा मात्रै ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँच जना पुरुष र ६ जना महिला रहेको अस्पतालले जनाएको छ। अस्पतालमा भेन्टिलेटरमा रहेका ३४ जनासहित १८५ जना गम्भीर खालका बिरामी छन्। मध्यम खालका संक्रमित ३३ जना गरी २१८ जनाको उचार भइरहेको अस्पतालका कोभिड सञ्चार संयोजक डा किशोर अधिकारीले जानकारी दिए।

सोही अवधिमा चितवन मेडिकल कलेजबाट १२ जना पुरुष र तीन जना महिला गरी जम्मा १५ जना संक्रमणमुक्त भएका छन्।

 

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया