सपना भिलेजले दियो १५ थान अक्सिजन सिलिन्डर

अन‌ि यो पनि

चितवन । सपना भिलेज सोसल इम्प्याक्टले दुई संस्थालाई १५ वटा अक्सिजनसहितको सिलिन्डर हस्तान्तरण गरेको छ । सो संस्थाले भरतपुर अस्पताललाई १० थान र इच्छाकामना गाउँपालिकालाई ५ थान गरी १५ थान अक्सिजनसहितको सिलिन्डर हस्तान्तरण गरेको हो ।

कोभिड शैया थप गरेसँगै भरतपुर अस्पतालमा स्वास्थ्य सामग्री अभाव हुन नदिन र जिल्लाको एकमात्र गाँउपालिका क्षेत्रका विपन्न जनताको सहजताका लागि अक्सिजनसहितको सिलिन्डर हस्तान्तरण गरेको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष धुव्र गिरीले जानकारी दिए ।

ओम सञ्जीवनी अक्सिजन सप्लायर्समार्फत् ग्यास उद्योगलाई धरौटी राखी ४ लाख रुपैयाँ बराबरको ठूलो १५ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको अध्यक्ष गिरीले बताए ।

शुक्रबार इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङ र भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीलाई सपना भिलेजका अध्यक्ष धुव्र गिरी, रत्ननगर नगरपालिका मेयर नारायण वनले सिलिन्डर हस्तान्तरण गरेका थिए ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया