भरतपुर अस्पताललाई चितवन समाज क्यानडाको सहयोग

अन‌ि यो पनि

भरतपुर, ३१ वैशाख । भरतपुर अस्पताललाई कोभिड-१९ विरुद्ध लड्न सहयोग मिलोस् भनेर अति आवश्यक स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको छ । चितवन समाज क्यानडाले सहयोग गरेको करिब ५ लाख ३७ हजार रुपैयाँ बराबरका पिपिई र फेस सिल्ड भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीलाई प्रदान गरिएको हो ।

बुटवलको समिरा कटन उद्योगबाट खरिद गरिएको उक्त सामग्री धोएर पुनः प्रयोग गर्न मिल्ने खालको छ । यस्तो कठिन अवस्थामा कोभिडका बिरामीहरुलाई उपचार गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन ‘हामी पनि साथमा छौँ’ भन्ने प्रवासी नेपालीहरूको सहयोग सराहनीय भएको डा. अधिकारीले बताए ।

चितवन समाज क्यानडा लोक कल्याणकारी काम गर्ने उद्देश्यले हालै स्थापना गरिएको हो । अध्यक्ष मान पौडेल, सचिव कञ्चन देवकोटा, कोषाध्यक्ष किरोज श्रेष्ठसहित सम्पूर्ण सदस्यहरूको सहयोग र सक्रियतामा सहयोग रकम जुटाइएको हो ।

उक्त रकमबाट खरिद गरिएको २५० थान पिपिई र त्यति नै संख्यामा फेस सिल्ड खरिद गरेर भरतपुर अस्पताललाई दिइएको हो । समाजले नेपालका अस्पतालमा अक्सिजनको अभाव भइरहेको अवस्थामा त्यसको पूर्तिका लागि पनि अभियान थालिने जानकारी दिएको छ ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया