खैरहनीमा बजार अनुगमन, मापदण्ड पूरा गर्न निर्देशन

अन‌ि यो पनि

खैहरनी । कोरोना संक्रमणपछि जारी निषेधाज्ञामा सञ्चालन गर्न दिइएका पसलहको शुक्रबार खैरहनीमा अनुगमन गरिएको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिकाको नेतृत्वमा दलका प्रतिनिधि, व्यावसायिक संघसंगठनका प्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको संयुक्त टोलीले नगरको विभिन्न स्थानमा अनुगमन गरेको हो ।

निषेधाज्ञाको पालना भए/नभएको, स्वास्थ्य मापदण्ड पूरा गरे/नगरेको सम्बन्धमा अनुगमन गरिएको नगरपालिकाका सामाजिक विकास समिति संयोजक मनेजर महतोले बताए । अनुगमनका क्रममा केही पसलहरुले स्वास्थ्य मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएको थियो ।

पहिलो चरणमा त्यस्ता पसलहरुलाई मापदण्ड पूरा गरेर सञ्चालन गर्न सुझाव दिइएको भन्दै दोस्रो चरणको अनुगमनमा पनि अटेर गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिइएको संयोजक महतोले बताए । तरकारी र खाद्यान्न पसल सञ्चालन गर्न निश्चित समय तोकिएको छ । तर, ती पसलहरुमा भीडभाड हुने गरेको छ । संयुक्त अनुगमन टोलीले खैरहनी ६ को पुरानो पर्सा, ८ को चौबीसकोठी र मगनीचोकका पसलहरुमा अनुगमन गरेको थियो ।

 

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया