भरतपुर अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग

अन‌ि यो पनि

चितवन । चितवनमा मूल घर भएर अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको संस्था चितवन समाज अस्ट्रेलियाले भरतपुर अस्पताललाई अक्सिजन ग्यास सहयोग गरेको छ । समाजले अस्ट्रेलियाबाट अक्सिजन ग्यास उद्योगलाई रकम पठाएर धरौटी राखी १० थान ठूलो अक्सिजन सिलिन्डर भरतपुर अस्पताललाई उपलब्ध गराएको हो ।

ओम सञ्जीवनी अक्सिजन सप्लायर्सका सञ्चालक निरञ्जन न्यौपानेले शुक्रबार ती सिलिन्डर भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा डा. अधिकारीले समाजका अध्यक्ष पूर्ण घिमिरेले अस्पताललाई थप सहयोग गर्ने आश्वासनसमेत दिएको जानकारी गराए । प्रवासमा रहेर पनि जिल्लाप्रतिको मायाको उनले प्रशंसा गरे ।

कार्यक्रममा मेसु तिवारीले भने, ‘हामीलाई यहाँ अक्सिजनको हाहाकार छ । तत्काल यसलाई जोडेर बिरामीलाई अक्सिजन दिनुपर्ने बाध्यता रहेको छ ।’ अक्सिजन सिलिन्डर हस्तान्तरण समारोहमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, सल्लाहकार तिलकराम रिमाललगायतको उपस्थिति रहेको थियो ।

घिमिरेको अध्यक्षतामा रहेको समाजले संस्थाका संरक्षक केशवप्रसाद सापकोटाको संयोजकत्वमा स्वयं घिमिरे, विकास बर्ताैला, सीता सुवेदी र श्यामसुन्दर गिरी सदस्य रहेको आर्थिक संकलन समिति बनाएर सहयोग जुटाएको हो ।
घिमिरेले संकलित रकम चितवन जिल्लामा मानवीय कल्याणको काममा सहयोग गर्ने बताए ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया