मध्यविन्दु अस्पतालमा अक्सिजन अभाव, बिरामीलाई अक्सिजन पुर्‍याउनै धौ–धौ

अन‌ि यो पनि

नवलपरासी । कावासोतीमा रहेको जिल्ला अस्पतालमा अक्सिजन हाहाकार भएको छ । वीरगञ्जबाट प्रशासनले नवलपुरमा अक्सिजन पठाउन रोक लगाएपछि मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन अभाव हुन थालेको हो ।

‘जिल्ला अस्पतालमा अक्सिजन लगाएर उपचाररत २७ जना कोरोना संक्रमित रहेका छन् । उनीहरुलाई अहिले दैनिक ३० बढी अक्सिजन सिलिन्डर आवश्यक पर्ने गर्दछ’, मध्यविन्दु जिल्ला अस्पतालका डा. वीरबहादुर थापाले भने, ‘अहिले तत्कालको अवस्था हेर्ने हो भने ११ थान अक्सिजन सिलिन्डरमात्र बाँकी छ ।’

असिक्जन हाइ फलोमा दिनुपर्ने एक जना बिरामीकै लागि दैनिक १० सिलिन्डरसम्म अक्सिजन आवश्यक पर्ने गरेको उनले बताए ।
अहिले अन्य जिल्लाबाट अक्सिजन आउन छाडेपछि नवलपुरको गैँडाकोटमा रहेको सिद्धिविनायक अक्सिजन उद्योग र दलदलेमा रहेको शंकर डिपोको भरमा मात्र नवलपुरमा अक्सिजन आपूर्ति भएको छ ।

गैँडाकोट नगरपालिकामा रहेको सिद्धिविनायक अक्सिजन उद्योगका प्रबन्धक हिमनाथ घिमिरेले आफूहरुकै पुरानो मेडिकल कजेजलाई पहिलो प्राथमिकतामा राखेर अक्सिजन आपूर्ति गर्ने सहमतिमा उद्योग खोलेका कारण पहिलो प्राथमिकता उक्त अस्पताल भएको बताए । तथापि दैनिक ५ देखि १० थान अक्सिजन सिलिन्डर भरेर भने पठाउने गरेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी मनमाया पगेँनी अक्सिजन उपलब्ध गराउन आफूले सबैतिर समन्वय गरिहेको जानकारी दिइन् ।

अझै एक हप्ता अक्सिजन अभाव हुने

नवलपुरमा अझै एक साता अक्सिजन अभाव हुने देखिएको छ । नवलपुरको गैँडाकोटमा रहेको सिद्धिविनायक अक्सिजन उद्योगले पुरानो मेडिकल कजेजलाई अक्सिजन दिनुपर्ने भएकोले उसले निकै कम मात्रामा नवलपुरमा अक्सिजन बिक्री गर्ने गरेको छ ।

त्यसबाहेक अक्सिजनको डिलर नवलपुरका दलदलेमा रहेको शंकर डिपोले पनि मध्यविन्दु जिल्ला अस्पताललाई दैनिक १०/१५ को हाराहारीमा अक्सिजन सिलिन्डर भरेर पठाउने गरेको छ ।

नवलपुरमा बाहिर जिल्लाबाट अक्सिजन आपूर्ति गर्ने हो । चितवनले यसअघि नै चितवनबाहेक अन्यत्र अक्सिजन आपूर्तिमा रोक लगाइसकेको छ भने नवलपुरमा अक्सिजन आउने वीरगञ्जबाट पनि आपूर्ति रोकिएको छ ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले भने, ‘नवलपुरमा अझै एक साता अक्सिजन अभाव हुने देखिएको छ । शंकर डिपोले अक्सिजन प्लान्ट साता दिनभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसपछि आपूर्ति सहज हुने छ ।

जिल्ला अस्पतालको अक्सिजन प्लान्ट अझै सञ्चालनमा आएन

नवलपुर जिल्लाको मध्यविन्दु जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट अझै सञ्चालनमा आउन सकेको छैन । दैनिक १५ देखि २० जनासम्मलाई अक्सिजन दिन मिल्ने उक्त अक्सिजन प्लान्टको अहिले पाइपलाइन जडान कार्य चलिरहेको छ ।
अस्पतालका डा. वीरबहादुर थापाका अनुसार अस्पतालमा अब ३÷४ दिनमा प्लान्ट निर्माण कार्य सकिने छ र सञ्चालनमा आउने छ ।

यो प्लान्ट निर्माण भएपछि अहिलेकै अवस्थामा रहेको बिरामीलाई थेग्न सजह हुने थापाले बताए । एक्कासि अक्सिजन दिनुपर्ने संक्रमित बिरामीहरुको चाप बढेको खण्डमा भने धान्न नसक्ने अवस्था पुनः सिर्जना हुने उनले बताए ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया