चितवनका अस्पतालमा ४७२ संक्रमित उपचाररत

अन‌ि यो पनि

भरतपुर । चितवनका विभिन्न अस्पतालहरुमा शुक्रबार ४७२ जना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा १४१, चितवन मेडिकल कलेजमा १८६, पुरानो मेडिकल कलेजमा १११ र अन्य साना अस्पतालमा ३० जना संक्रमित उपचाररत छन् ।

देशका विभिन्न जिल्लाहरुबाट समेत संक्रमितलाई उपचारको लागि यहाँ ल्याउने क्रम बढेपछि अस्पतालहरुमा विरामीको चाप बढ्दै छ । पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ भने ५८ संक्रमित निको भएर घर गएका छन् ।

मृत्यु हुनेहरुमा चितवनका ३ जना र नवलपरासी, रुपन्देही, कपिलवस्तु, कन्चनपुर र बुटवलका एक÷एक जना छन् । विभिन्न अस्पतालमा उपचाररत ४७२ संक्रमितमध्ये ५२ संक्रमित भेन्टिलेटरमा, २५४ संक्रमित आइसियूमा र ८७ संक्रमित एचडियूमा रहेका छन् ।

अस्पतालमा उपचार गराएका संक्रमितहरुमा चितवनका मात्रै २०२ जना संक्रमित छन् ।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया