उपचारका लागि चितवन आउने कोभिड विरामी बढे

अन‌ि यो पनि

भरतपुर । हेलिकप्टर चढेर उपचारका लागि चितवन आउने कोभिड–१९ का विरामी बढेका छन् ।

निषेधाज्ञा जारी भएर बैशाख २० गतेदेखि आन्तरिक उडानहरु समेत बन्द भएपछि विभिन्न जिल्लाबाट कोभिडका विरामी हेलिकप्टर चढेर यहाँ आउने क्रम बढेको छ । बैशाख २५ गते यता विरामी बोकेका ११ वटा उद्धार उडान भएको भरतपुर विमानस्थलले जनाएको छ ।

नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार बिहीबार मात्रै तीनवटा उडान भएका छन् । दाङको घोराई, गुल्मीको तम्घास र नेपालगञ्जबाट तीन जना विरामी चितवन आएको उनले बताए । घोराही र नेपालगञ्जबाट आएको हेलिकप्टर पुरानो मेडिकल कलेजकै हेलिप्याडमा अवतरण गरेको हो भने तम्घासबाट आएको हेलिकप्टर विमानस्थलमा अवतरण गरेको हो ।

बैशाख २९ गते बुधबार गुल्मी, धनगढी र एउटा नेपाली सेनाको उद्धार उडान भएको थियो । यही वैशाख २८ गते काठमाडौँ र दाङ, वैशाख २७ गते काठमाडौँ र गुल्मीको तम्घास तथा २५ गते काठमाडौँबाट उद्धार उडान भएको शर्माले जानकारी दिए ।

शर्माका अनुसार वैशाख २५ गतेदेखि उद्धार उडान हुँदै आएको छ । सिम्रिक एयर, प्रभु हेलिकोप्टर, श्री एयर, अल्टिच्युट एयर, कैलाश एयर र नेपाली सेनाको हेलिकोप्टरले उद्धार उडान गरेका हुन् ।

काठमाडौँलगायत मुख्य शहरी क्षेत्रमा सङ्क्रमितको उपचारका लागि बेड खाली नभएपछि एम्बुलेन्स र हेलिकोप्टरबाट यहाँ सङ्क्रमित ल्याउने गरिएको छ । बाहिरी जिल्लाबाट ल्याइने सङ्क्रमित अधिकांश चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारका लागि पुगाउने गरिन्छ ।

प्रतिकृया

मुख्य समाचार

परीक्षण कम हुँदा सङ्क्रमितको संख्या घट्दो, १२८ सङ्क्रमित थपिए, ९३ सङ्क्रमणमुक्त

भरतपुर । चितवनमा पछिल्लो हप्ता कोरोनाको परीक्षण कम भएको देखिन्छ । जेठ ३१ गते ७५० जनाको परीक्षण भएकोमा त्यसपछि...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया