नवलपुरमा थप एक जना संक्रमितको निधन

अन‌ि यो पनि

नवलपुर । पूर्वी नवलपरासीमा थप एक जना संक्रमितको निधन भएको छ । भरतपुर अस्पतालमा उपचारको क्रममा बिहीबार राति ९ बजे कावासोती नगरपालिका ८ निवासी ७१ वर्षीय पुरुषको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

दोस्रो लहर सुरु भएसँगै नवलपुरमा योसहित ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । वैशाख २८ गते भरतपुर अस्पतालमा स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएका उनको ३० गते भरतपुर अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।

उनलाई निमोनियासम्बन्धी समस्या देखिएपछि स्वाब परीक्षण गरिएको थियो ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया