बिहीबार थपिए ८९६० संक्रमित, एकैदिन २१४ जनाको मृत्यु

अन‌ि यो पनि

काठमाडौँ । नेपालमा बिहीबार थप ८९६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत चौबीसघन्टामा १९ हजार ४७४ पिसिआर र ७७१ एन्टिजेन परीक्षणका क्रममा ८९६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, नेपालमा थप २१४ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । यसमा नेपाली सेनाले गरेको शव व्यवस्थापनको तथ्यांकसमेत समावेश गरिएको मन्त्रालयको भनाइ छ ।

यसैबीच, बुधबार १६८, मंगलबार २२५ जना, सोमबार १३९ जना र आइतबार ८८ जनाको मृत्यु भएको थियो । नेपालमा पछिल्लो समय दोस्रो भेरियन्टको कोरोना संक्रमण व्यापक भएसँग मृत्यु हुनेको संख्या पनि निरन्तर बढ्दो क्रममा रहेको छ । नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ४४६६ पुगेको छ ।

यसैगरी, पछिल्लो चौबीसघन्टामा ५०५५ जना संक्रमणमुक्त भएका छन् । योसहित हालसम्म ७४.५७ प्रतिशत अर्थात् ३ लाख २१ हजार ५१८ जना संक्रमणमुक्त रहेको मन्त्रालयले जनाएको छ । बिहीबारसम्म देशभर एक लाख ५२०७ जना सक्रिय संक्रमित रहेका छन् । भने संक्रमितको संख्या चार लाख ३१ हजार १९१ जना पुगेको छ ।

तीमध्ये ९६ हजार ३७९ जना होम आइसोलेसनमा र आठ हजार ८२८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये एक हजार ३८१ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा रहेका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार देशभरका क्वारेन्टाइनमा ४९७ जना रहेका छन् ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया