रत्ननगर-बकुलहर अस्पताललाई १० थान सिलिन्डर सहयोग

अन‌ि यो पनि

चितवन । एनआरएनए अफ्रिकाले रत्ननगर बकुलहर अस्पताललाई अक्सिजनसहित १० थान सिलिन्डर सहयोग हस्तान्तरण गरेको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् सिसेल्सकी उपाध्यक्ष अनु थापाले रत्ननगर नगरपालिकाका मेयर नारायण वन र रत्ननगर बकुलहर अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठलाई २ लाख ५० हजार मूल्य बराबरको अक्सिजन सिलिन्डरर हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा नगर प्रमुख वनले जनस्तरबाट प्राप्त सहयोगले अस्पताल सञ्चालनमा ठूलो टेवा पुगेको बताउँदै प्रदेशस्तरीय अस्पताल भए पनि जनशक्ति र उपकरणहरुको अभावले लक्ष्यअनुसार अस्पताल सञ्चालन गर्न कठिनाइँ भइरहेको बताए । अस्पतालका लागि पिसिआर मेसिनसहित अन्य आवश्यक उपकरण र जनशक्ति माग गरिएको उनले बताए ।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले विदेशमा बसेर पनि मातृभूमिका लागि संकलन गरिएको पैसाले रत्ननगर-बकुलहर अस्पताललाई सहयोग गरेकोमा खुसी व्यक्त गरे ।

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया