निषेधाज्ञा बढ्यो, थप कडाई

अन‌ि यो पनि

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि वैशाख ३१ गते रातिदेखि जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा तरकारी, फलफूल , खाद्यान्न, अण्डा, मासु , दाना पसलहरु बिहान बिहान ३ घण्टा  ६ बजेदेखि  ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ। अन्य अत्यावश्यक दैनिक उपभोग्य बस्तु तथा सेवासम्बन्धी व्यापार व्यवसाय हप्ताको तीन दिन अर्थात् आइतबार, मंगलबार र बिहीबार बिहान ३ घण्टा  ६ बजेदेखि  ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ । त्यस्ता बस्तु तथा सेवाको खरिद घर नजिकको पसलबाट गर्न सकिने छ ।

यस्तै, अत्यावश्यक सेवा प्रयोजनका लागि न्यूनतम कर्मचारी खटाइ जनस्वास्थ्यका मापदण्ड पालना गरी आइतबार, मंगलबार र बिहीबार मात्र वाणिज्य बैंकहरु सञ्चालन गर्न पाइने आदेश भएको छ । अन्य वित्तीय संस्था तथा सहकारीहरु भने सञ्चालन गर्न पाइने छैन ।

राजमार्गमा सञ्चालन हुने अत्यावश्यक बस्तु तथा सेवा आपूर्तिका लागि चल्ने सवारी साधनबाहेक मालबाहक सवारी साधनको हकमा बेलुकी ५ बजेदेखि बिहान ६ बजेसम्म मात्र सञ्चालन गर्न सकिने छ ।

प्रशासनले अत्यावश्यक कामबाहेक कोही पनि व्यक्ति घरबाहिर ननिस्कन, हिँडडुल नगर्न आदेश जारी गरेको छ । अत्यावश्यक काम परी निस्कनै पर्ने अवस्थामा अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न तथा तोकिएका जनस्वास्थ्य मापदण्ड पालना गर्न आदेश जारी गरेको छ ।

विवाह, व्रतबन्धलगायत संस्कारजन्य कार्य घरमै सञ्चालन गर्नुपर्ने र त्यसमा पनि बढीमा १० जना नबढ्ने गरी जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य पालना गर्नुपर्ने जारी आदेशमा भनिएको छ । मृत्यु संस्कारका लागि पनि १५ जनाभन्दा सहभागी हुन नपाइने र उक्त कार्यमा सहभागी हुनेले सवारी साधन प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासनको पूर्व स्वीकृति लिनुपर्ने आदेशमा जनाइएको छ ।

प्रतिकृया

मुख्य समाचार

चितवनमा मंगलबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा मंगलबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार ६३ जना संक्रमणमुक्त भएका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया