क्यान्सर अस्पतालमा १२० वटा आइसोलेसन वेड थपिदै

अन‌ि यो पनि

भरतपुर । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आइसोलेसन बेड थप्न लागिएको छ । जेठ १ गतेदेखि सञ्चालन गर्नेगरी १२० वटा आइसोलेसन बेड थप्ने काम भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालको आरटिएनटी, मेडिसिन र युरो वार्डमा गरी १२० वटा आइसोलेसन बेड तयार गर्न लागिएको अस्पतालका निर्देशक डा. देजकुमार गौतमले बताए । ‘आइसियू र एचडियूसहितको हुने आइसोलेसन बेडहरु भोलिसम्म तयार गरेर पर्सिदेखि सञ्चालन गर्ने योजनामा छौँ । त्यहि अनुसार कामहरु भइरहेको छ’, उनले भने ।

अस्पतालमा अहिले २० वटा आइसोलेसन बेड रहेका छन् । १० जना संक्रमित उपचाररत रहेको उनले बताए । संक्रमितले उपचार नै नपाउने स्थिती आउन थालेपछि आइसोलेसन बेड थप गरिएको उनको भनाइ छ । थप गरिएको आइसोलेसन बेडमा क्यान्सर बाहेकका संक्रमितलाई पनि उपचार गरिने छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...