१५ दिनमा ९४ जना संक्रमितको मृत्यु

अन‌ि यो पनि

भरतपुर । चितवनमा पछिल्लो १५ दिनमा ९४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बैशाख १७ गते यता सबैभन्दा बढी बैशाख २५ गते १४ संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । मृत्यु हुने संक्रमितहरुमा जिल्ला बाहिरका समेत छन् ।

हाल जिल्लाका विभिन्न अस्पतालहरुमा ४७० जना संक्रमित उपचाररत छन् ।

बिहीबारसम्म चितवनका मात्रै तीन हजार २९९ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये १९९ संक्रमित अस्पताल आइसोलेसनमा छन् भने तीन हजार ९८ संक्रमित होम आइसोलेसनमा छन् ।

४७० जना उपचाररत
चितवनका अस्पताल र. आइसोलेशन केन्द्रहरुमा ४७० जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये भेन्टिलेटरमा ५२ जना, आइसियूमा २५६ जना र एचडियूमा८० जना भर्ना भएका स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले बताइन्। १४० जना भने जनरल वार्डमा रहेर उपचाररत रहेका उनले बताए।

चितवन मेडिकल कलेजको भेन्टिलेटरमा ३७ जना, आइसियूमा १५१ जना र एचडियूमा ३२ जनाको उपचार भइरहेको छ। यस्तै भरतपुर अस्पतालको आइसियूमा १५ जना र एचडियूमा २५ जनाको उपचार भइरहेको छ।यसैगरी पुरानो मेडिकल कलेज अस्पतालको भेन्टिलेटरमा १५ जना, आइसियूमा ८४ जना र एचडियूमा २३ जनाको उपचार भइरहेको छ।

चितवनका थपिए २०८ संक्रमित
चितवन जिल्लाका गएको २४ घण्टामा चितवन जिल्लाका २०८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। तीमध्ये पनि १९९ जना अस्पतालको आइसोलेसनमा उपचाररत रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। पछिल्लो २४ घण्टामा थपिएको कोरोना संक्रमित सहित चितवनका सक्रिय संक्रमितको संख्या ३ हजार २९९ पुगेको छ।

 

प्रतिकृया

मुख्य समाचार

चितवनमा ८९ जना संक्रमित, २४ जना संक्रमणमुक्त, चार जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो २४ घन्टामा ८९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार मंगलबार पिसिआर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया